‘काफल पाक्यो’का ‘तार्पे’ जीवन पहिलोपटक क्यानेडामा | नाभेम्बर २९ मा पहिलो शो



रंग खबर, काठमाण्डौं । सधैँ नक्कली कपाल र कालो दाह्रीमा देखिने अभिनेता जीवन लुईटेललाई फरक गेटअप र भुमिकामा उतारिएको फिल्म ‘काफल पाक्यो’को क्यानेडामा विशेष शो हुने भएको छ । नेपाल प्रर्दशनअघि नै नाभेम्बर २९ तारिखमा फिल्मको पहिलो शो क्यानेडस्थित क्याल्गोरी स्टेटमामा हुन लागेको हो ।
kafal pakyo 2सावित्री खत्रीले निर्देशन गरेको यो फिल्मलाई अभिनेता लुईटेल आफ्नो करिअरकै विशेष फिल्म भनेका छन् । उनले एक कार्यक्रममा आफु यो फिल्ममा ‘तार्पे’ गाउँले युवाको भुमिकामा प्रस्तुत भएको बताएका थिए ।

क्यानेडाको विशेष शोबाट उठेको केहि रकम भूकम्प पिडित बालबालिहरुको सहयोगमा खर्चिइने निर्देशक खत्रीले बताइन् । विशेष शोमा अभिनेता लुईटलपनि सहभागी हुने तयारीमा रहेको बुझिएको छ । क्यानेडाका शोपछि डिसेम्बर पहिलो साता मलेसिामा दुई शो र दोश्रो साता सिंगापुरमा दुई शो तय भएको समेत निर्देशक खत्रीले जानकारी दिइन् । फिल्मका ती सबै शोहरुमा निर्देशक खत्रीसँगै अभिनेता लुईटेल र फिल्मकी अभिनेत्री वर्षासिंह राउतपनि सहभागी हुने उनले जनाइन् ।
kafal pakyoरेडपान्डा डान्स एन्ड मुभी हाउसको ब्यानरमा बनेको यो फिल्ममा लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, वीएस राणा, उत्तम केसी, बालदिप राई आदि कलाकारले अभिनय गरेका छन् ।

विकास चौधरीको संगीत, प्रदिप भारद्धाजको लेखन, दीर्घ गुरुङ र दिपक बज्रचार्यको छायांकन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सरिता राजचलको नृत्य निर्देशन रहेका फिल्ममा सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी रहेको छ । लक्ष्मी केसी फिल्मकी कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्