‘टिस्टा पारीको साइनो’को ‘जब तिम्रो मेरो’ रिलिज (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौँ । पौष १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘टिस्टा पारीको साइनो’को नयाँ गीत रिलिज गरिएको छ । ‘जब तिम्रो मेरो’ बोलको रोमान्टिक गीतमा अशु लामा र मेलिना राइको आवाज छ ।

गीतमा अशु लामाको शब्द तथा संगीत रहेको छ । खिलबहादुर गुरुङले निर्देशन गरेको यो फिल्ममा खिलबहादुर गुरुङ, अनिता गुरुङ, अमिर, गजेन्द्र, टीकाराम घले, सिता गुरुङ , सुधन गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।

एउटा घाटु नाच्ने केटीको कथा उठान गरेको यो फिल्मको छायांकन बैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु गोर्खाको बारपाकमा गरिएको हो । फिल्ममा एके गुरुङ र रोजर गुरुङको लगानी रहेको छ ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्