‘काफल पाक्यो’ ले प्रदर्शन पुर्व २८ लाख उठाउने पक्का !



रंग खबर, काठमाण्डौँ । सावित्री खत्री निर्देशित फिल्म ‘काफल पाक्यो’ ले प्रदर्शन पुर्व नै लगानीको तीन भाग मध्ये एक भाग रकम उठाएको छ । नेपाल बाहिरका विभिन्न मुलुकमा गरिएको शोज, डिभिडी राइट्स र नेपालमा गरिने च्यारेटीबाट २८ लाख रुपैयाँ उठ्ने पक्का भएको निर्मात्री तथा नायिका वर्षा राउतले बिहिबार आयोजना गरिएको प्रेस भेटघाटमा जानकारी दिइन् ।
kafal pakyo 2राउतका अनुसार क्यानडामा गरिएको तीन शोजबाट तीन लाख, मलेसियाको चार शोजबाट चौध लाख, डिभिडि राइट्स सात लाख, काठमाण्डू च्यारेटी चार लाख गरी समग्रमा ‘काफल पाक्यो’ ले प्रदर्शन पुर्व २८ लाख जम्मा गर्नेछ । नमराज शर्माको मुख्य सहायक निर्देशन रहेको फिल्म ‘काफल पाक्यो’ विन्दास युवती र व्राम्हण पुत्र बिचको प्रेमकथामा आधारित छ । जसको शिर्ष भूमिकामा वर्षा र नायक जीवन लुुईंटेल प्रस्तुत भएका छन् । नायक लुईंटेल हाल अमेरिका रहेकाले उनी फिल्मको प्रचार प्रसारमा सहभागी हुने छैनन् । तर, उनले यो फिल्म आफ्नो करिअरकै राम्रो फिल्म मध्येको एकमा पर्ने बताएका छन् रे ।

पहिलो पटक फिल्म निर्देशन गरेकी साबित्रीले निकै कष्ट गरेर फिल्म तयार गरेको बताइन् । नायिका, निर्मात्री तथा निर्देशक दुवैले ‘काफल पाक्यो’ निकै नै राम्रो बनेको बताएका छन् । संगीतकार विकास चौधरीले पनि फिल्म राम्रो बनेको बताउँदै भिन्न भिन्न प्रकारका तीन गीतहरु फिल्ममा रहेको खुलाए । ‘काफल पाक्यो’ नेपाल प्रदर्शन मिति माघ १ गतेलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्