अन्तरजातीय प्रेमकथामा ‘कसैलाई नभन्नु’ | माघमा रिलिज हुने



रंग खबर, काठमाण्डौँ । अन्तरजातीय प्रेमकथामा निर्माण भएको फिल्म ‘कसैलाई नभन्नु’ आउँदो माघ २२ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ । यसअघि यस्तै विषयमा गायक यसकुमारले ‘बाटोमुनिको फूल’ निर्माण गरेका थिए ।
kasailai navannuसर्जु लामिछानेको प्रस्तुतीमा निर्माण भएको ‘कसैलाई नभन्नु’ ‘अन्तरजातीय म्युजिकल लभस्टोरी’ रहेको निर्माता शिवहरि रेग्मीले बताए । ‘फिल्म प्रदर्शनका लागि तयारी भएको छ’ निर्माता रेग्मीले भने, ‘अब हामी प्रमोसनमा जुटेका छौं ।’ फिल्मको प्रमुख आर्कषण संगीत रहेको पनि उनको भनाई थियो ।

kasailai navannu 3मन्दिप रानाको निर्देशन रहेको यस फिल्ममा द्वन्द्व जनक गुरुङ, संगीत रामचन्द्र श्रेष्ठ र भीम बिसी, छायांकन राहुल राई तथा नृत्य निर्देशन दीलिप ओखडाको रहेको छ । फिल्ममा किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मीको प्रमुख भुमिकामा रहेका छन् । फिल्ममा ‘चम्पाकली’ बोलको एउटा आइटम डान्स देख्न सकिन्छ, जसमा निरामिकाले हट डान्स गरेकी छन् । फिल्मलार्ई करण श्रेष्ठ ‘क्रेजी’ले वितरण गर्ने भएका छन् ।
kasailai navannu 2

प्रतिक्रिया दिनुहोस्