सम्भवतः पहिलो पटक प्रधानमन्त्रीको हातबाट नेपाली फिल्मको अडियो विमोचन



रंग खबर, काठमाण्डौँ । सम्भवतः पहिलो पटक नेपाली फिल्मको अडियो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमान्त्रीकै हातबाट गरिएको छ । सोमबार दिउँसो निर्देशक दिनेश डिसीले आफुले निर्देशन तथा निर्माण गरेको फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’को अडियो प्रधानमन्त्री केपीशर्मा ओलीको हातबाट विमोचन गराए ।
kp sharma oliकार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट चलचित्रको गीति अडियो र भिडियो सार्वजनिक गरियो । तीन दलिय बैठकको ब्यस्त सेड्युलका बाबजुद पनि प्रधानमन्त्रीले अडियो विमोचनमा सहभागिता जनाएका थिए । उनले फिल्मलाई सफल्ताको शुभकामना मात्र दिएनन, आफु पनि पैसा तिरेरै फिल्म हेर्ने प्रतिबद्धता जनाए । उनले फिल्मका निर्देशक तर्फ हेर्दै भने, ‘मलाई फागुन २१ का लागि सिनेमाको १० वटा टिकट चाहियो’ । प्रधानमन्त्रीले यति भनेपछि त अरु के चाहियो र ? निर्देशक डिसी निकै हर्षित देखिए ।
fulai ful ko mausam timilaiसोहि कार्यक्रममा निर्देशक डिसीको आग्रहमा प्रधानमन्त्री ओलीले श्रीमतीलाई गुलाबको फुल दिएर ‘फूलैफूलको मौसम तिमीलाई’ भन्न समेत भ्याए । कार्यक्रममा प्रधानमन्त्री ओलीले गोरखाको पश्चिम तटीय भूभाग, तनहुँको पूर्वी मर्स्याङ्दी किनार, लमजुङको दक्षिण, गोरखाको पालुङटार, तनहुँको चुँदीरम्घामा एकाधवर्षभित्रै स्मार्टसिटी निर्माण गर्ने योजना रहेको सुनाए । ‘स्मार्ट सिटीमा अत्यन्तै सुविधासम्पन्न अन्तराष्ट्रियस्तरको फिल्म सिटी पनि बनाउने योजना छ । अब अर्को पुस्तामा होइन, आफ्नै पुस्तामा केही वषभित्रै तपाईहरुले आफ्नो सीप कलालाई मुखरित गर्ने अवसर पाउनुहुन्छ,’ उनले भने ।
rajeshpayl rai with kp oliदोलखामा फिल्म सिटी बनाउने यसअघिको सरकारी योजनालाई उनले अव्यवहारिक संज्ञा दिए । उनले आफ्नै ठट्यौलो शैलीमा भने, ‘दोलखाको डाँडामा राख्ने कुरा उपयुक्त छैन । हप्तामा दुई दिन, दुई घण्टा घाम लाग्छ । हिरोसँग साहैं रीस उठेका बेला हिरोइनलाई खोलामा हामफाल्ने पनि ठाउँ छैन । हिरोले बचाउनु पनि र्पयो । त्यहाँ झोलुङ्गे पुल पनि चाहियो । गाडीमा माइत हिडेँ भनेर स्वात्त चढ्ने बाटो पनि चाहियो ।’
kp oliकार्यक्रममा गायक राजेश पायल राईले गीति भिडियो मेकिङ्गको स्तरले आफु निकै खुशी भएको प्रतिक्रिया दिए । फिल्मकी अभिनेत्री निता ढुंगाना र अभिनेता आमोश भण्डारीले दिनेश डिसीसँग काम गर्न पाउदा निकै खुशी लागेको प्रतिक्रिया दिए । माया प्रेमको उत्कृष्ट कथा प्रस्तुत गर्ने भनिएको यस फिल्मको प्रचार प्रसार कार्यक्रमलाई एउटा अभियानकै रुपमा लैजाने निर्देशक डिसीले जानकारी गराएका छन् । फिल्म फागुन २१ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउँदैछ ।
यसरी दिएका थिए प्रधानमन्त्री ओलीले पत्नीलाई फूल- भिडियो हेर्नस् :-
हेर्नुस् सार्वजनिक गरिएको गीतको भिडियो :-

प्रतिक्रिया दिनुहोस्