‘क्लासिक’मा नम्रता गाउँदैछिन्, ‘प्रकृतिको सुन्दर सृष्टी’ (भिडियोसहित)



सुरज पौडेल, काठमाण्डौँ । ‘नाभेम्बर रेन’ जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठको प्रमुख भुमिका रहेको फिल्म ‘क्लासिक’को नयाँ गीत ‘प्रकृतिको सुन्दर सृष्टी’ सार्वजनिक गरिएको छ । गीतमा गायिका मेलिना राईको स्वर रहेको छ ।
namrataडा. कृष्णहरी बरालले लेखेको यो गीतमा संगीतकार ताराप्रकाश लिम्बुले संगीत दिएका छन् । गीतमा फिल्मकी अभिनेत्री नम्रतालाई देख्न सकिन्छ । दृष्टीविहिनको प्रेम कथामा आधारित यो फिल्मलाई दृष्टिबिहिनको भूमिकामा देखिएकी नम्रताले लोभलाग्दो तरिकाले अभिनय गरेकी छिन् ।

यसअघि सार्वजनिक भएको यही फिल्मको ‘सुनौला हरदिन’बोलको गीतलाई दर्शकले रुचाइरहेका छन् । यो फिल्मलाई सांगितिक प्रेम कथा पनि भनिएको छ । ‘हामीले फिल्मको संगीत र भिडियोलाई उत्कृष्ट बनाउन कुनै सम्झौता गरेका छैनौँ’, निर्माता सुवास गिरीले बताए ।

फिल्ममा रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले आदि कलाकार पनि प्रमुख भुमिकामा छन् । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । आफुले करिब ३ बर्ष लगाएर यो फिल्मको कथा लेखेको निर्देशक राउतले दाबी गरेका छन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्