‘सायद’को सिक्वेलका लागि चार मुख्य कलाकार पक्का



रंग खबर, काठमाण्डौं । सुपरहिट फिल्म ‘सायद’को सिक्वेल ‘सायद–२’का लागि मुख्य कलाकारहरु पक्का भएका छन् । दर्गिश फिल्मस्को ब्यानरमा बन्ने यो फिल्मका लागि निर्माता सुनिल रावलले नयाँ कलाकारको खाजी गरिरहेका थिएँ ।

निर्माता सुनिल रावलले दिएको जानकारी अनुसार ‘सायद २’मा अभिनेता सुशिल श्रेष्ठ, सन्ध्या केसी, आशिरमान देशराज श्रेष्ठ र अमृत ढुंगाना प्रमुख भुमिकाका लागि पक्का भएका छन् । युवा पुस्ता लक्षित यो फिल्मलाई बलिउड फिल्ममा सहायक निर्देशनको जिम्मेवारी सम्हालिसकेका पुष्पराज न्यौपानेले निर्देशन गर्नेछन् ।
sayad 2आफनो ब्यानरका फिल्महरुमा नयाँ कलाकारलाई डेव्यु गराउँदै आएका निर्माता रावलले ‘सायद २’ मा भने ‘होस्टेल रिटन्र्स’ का हिरो सुशिल श्रेष्ठलाई दोहोर्याएका छन् । सुहाउँदो भूमिका भएका कारण सुशिललाई दोहोराएको उनले जानकारी दिएँ । त्यस्तै, आशिरमान बैङकर रविना देशराजका छोरा हुन् भने सन्ध्याले भुवन केसीको फिल्म ‘ड्रिम्स’ मा अभिनय गरेकी छन् । अमृत मण्डला नाटकघरका विद्यार्थी हुन् । यो फिल्मका लागि छायांकानमा पुरुषोत्तम प्रधान, सम्पादनमा सुरेन्द्र पौडेल र संगीतमा कालिप्रसाद बाँस्कोटा र हर्कुलस अनुबन्धित भैसकेका छन् । फिल्मको छायांकन वैशाखदेखि शुरु गरिने निर्माता रावलले जानकारी दिएँ ।

प्रतिक्रिया दिनुहोस्