‘हाउ फन्नी’ गीत : हेर्नुस् गाउँले प्रियंकाको ‘शिरैमा सिरवन्दी’



रंग खबर, काठमाण्डौं । आउँदो वर्षको वैशाख १० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘हाउ फन्नी’को नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिना राईको सुमधुर स्वर रहेको ‘शिरैमा सिरबन्दी’बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा बसन्त सापकोटाको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा फिल्मकी मुख्य कलाकार प्रियंका कार्की फिचरिङमा छिन् । उनलाई गाउँले परिवेश कि युवतीको भेषमा देखाइएको छ ।
priyanka karkiरेनशा वान्तवा राइको कोरियोग्राफी रहेको गीतमा प्रियंकालाई पुराना हिट गीतहरुमा देखिएकी अभिनेत्रीहरुको शैलीमा प्रस्तुत गरिएको छ । ‘तिम्रो मन त चक्कु छुरी’ रेखा थापा , ‘उडी उडी जान्छ मन’ करिष्मा मानन्धर , ‘गोलि शिशाको’ दीपाश्री निरौला र ‘तिर्खा लागे निरमाया’ रेखा थापाकै पहिरनको आधारमा प्रियंकाको पहिरन र नृत्य शैलीलाई तयार परिएको बताइएको छ ।

पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माणमा बनेको यो कमेडी जनराको फिल्मलाई निलु डोमा शेर्पा ले निर्देशन गरेकी हुन् । फिल्ममा दयाहाङ राई , प्रियंका कार्की , निशा अधिकारि , केकी अधिकारि , अनुप बिक्रम शाही, विजय बराल र शिशिर राण प्रमुख भुमिकामा छन् । आङ नुर शेर्पा , छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको यस फिल्ममा पटकथा शान बस्न्यात को रहेको छ ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्