प्रियंका र दयाहाङको यस्तो न्यानो मित्रता कहिलेसम्म ?



priyanka karkiरंग खबर, काठमाण्डौं । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको मित्रताका विषयमा सायदै भन्नुपर्छ । जान्न र बुझ्न चाहनेले उनीहरूको फेसबुक पेज हेरे पुग्छ । एकअर्कालाई अँगालो मारेको, मन्द मुस्कानसहित सेल्फी लिएका तस्बिर प्रशस्तै भेटिन्छन् ।

फिल्म ‘झोले’बाट पर्दामा समेत स्क्रिन सेयर गरेको यो जोडीलाई धेरैले फेसबुकमै ‘नाइस कपल’ भनेर कमेन्ट गर्ने गरेका छन् । त्यसो त प्रियंका र दयाहाङ पनि एकअर्कालाई मिल्ने साथीको दर्जा दिन्छन् । प्रियंका त फेसबुकमै ‘प्यारो साथी’ भनेर लेखिदिन्छन् । विवाहित दयाहाङ र श्रीमान्सँग सम्बन्ध–विच्छेदपछि सिंगल रहेकी प्रियंकाको यो सामीप्यले फिल्म क्षेत्रमा निकै चर्चा बटुलिरहेको छ । अघिल्लो बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा पनि उनीहरूको न्यानो मित्रता झल्कियो । कार्यक्रममा प्रियंकाले दयाहाङको काँधमा आड मागिन् । उनले पनि सहर्ष स्वीकारे ।
dayahangफिल्म क्षेत्रमा कलाकारको मित्रता लामो समयसम्म टिकेको पाइँदैन । प्रियंका र दयाको यो मित्रता भने लामै समयसम्म टिक्ने संकेत देखिएको छ । दुईले सँगै मिलेर फिल्म निर्माण गर्ने बताइसकेका छन् । उनीहरूले निर्माण गर्ने फिल्म अर्को वर्षको फागुनदेखि फ्लोरमा जाने खबर प्राप्त भएको छ । ‘वडा नम्बर ६’, ‘पुरानो डुंगा’ आदि फिल्ममा सँगै काम गरेका प्रियंका र दयाले अभिनय गरेको अर्काे फिल्म ‘हाउ फन्नी’ आउँदो वैशाख १० गतेबाट प्रदर्शनमा आउँदै छ । (साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्