एकसाथ तीनटा फिल्मको घोषणा | ‘सायद–२’, ‘लाहुरे’ र ‘लभ नम्बर’ बन्ने



रंग खबर, काठमाण्डौं । निर्माता सुनिल रावलले एकसाथ तीन फिल्म निर्माणको घोषणा गरेका छन् । राजधानीमा मंगलवार साँझ एक औपचारिक कार्यक्रम गरेर उनले यो वर्षभित्र फिल्म ‘सायद–२’सँगै थप दुई फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।

दुर्गिश फिल्मस्को ब्यानरमा बन्ने ती दुई फिल्म ‘लाहुरे’ र ‘लभ नम्बर’ रहनेछन् । पुष्पराज न्यौपानेले ‘सायद–२’को निर्देशन गर्दैछन् । मंसिर–२ गतेलाई रिलिज मिति तय गरिएको यो फिल्मको छायांकन यही महिनाबाट सुरु हुने कार्यक्रममा जानकारी दिइयो । फिल्ममा सुशील श्रेष्ठ, कुशल पाण्डे, अमृत ढुगांना, सुशील सिटौला, स्यारोन श्रेष्ठ, निशा कार्की र रुविन श्रेष्ठको अभिनय रहनेछ ।
saayad 2 and love number‘सायद–२’पछि दुर्गिशको प्रोजेक्ट रहने छ ‘लाहुरे’ । जसलाई ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने भएका छन् । फिल्मका लागि विक्रम सिंह र सलिनमान बानियाँ कलाकारका रूपमा पक्का भएको निर्माता रावलले बताए । फिल्म असार २३ गतेबाट फ्लोरमा जाने बताइएको छ ।
saayad 2त्यस्तै फिल्म ‘लभ नम्बर’को निर्देशन केशव पाण्डेले गर्ने भएका छन् । माघ–५ गतेदेखि छायांकनमा जाने यो फिल्मलाई अस्ट्रेलियामा छायांकन गर्ने बताइएको छ । फिल्मका कलाकार पक्का भइ नसकेको कार्यक्रममा बताइयो ।

प्रतिक्रिया दिनुहोस्