युवा टिमको ‘बेष्ट फ्रेण्ड्स फरेभर’ (हेर्नुस् ट्रेलर)



रंग खबर, काठमाण्डौं । भनिन्छ– सिर्जनात्मक कामका लागि उमेर चाँहिदैन् । यसकै उदाहरण हो फिल्म ‘बेष्ट फ्रेण्ड्स फरेभर’ । यो फिल्म निर्माणमा निर्देशकसहित अधिकांश कलाकार र प्राविधिकहरु २५ वर्षभन्दा मुनिका छन् ।
best friends foreverआइतवार राजधानीमा प्रेम, द्धन्द र रोमान्सको मिश्रण रहेको यो फिल्मको फष्टलुक र ट्रेलर सार्वजनिक गरियो । फिल्मलाई २२ वर्षका युवा निर्देशक उत्सव थपलियाले निर्देशन गरेका हुन् । ‘फिल्ममा मित्रताको पुर्ण परिभाषा दिने कोशिष गरेका छौं,’ निर्देशक थपलियाले भने ।
best frnफिल्ममा सौरभ चौधरी, मनिष न्यौपाने, सन्दिप घिमिरे, पिंकी शेर्पा, साधना भण्डारी, प्राहिक न्यौपाने आदि कलाकारले अभिनय गरेका छन् । निर्मल श्रेष्ठको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द रहेको छ । फिल्ममा अर्जुन पोखरेल, कमल खत्री र आकाश थापाको संगीत रहेका छन् ।
Watch Trailer Here :-

प्रतिक्रिया दिनुहोस्