‘लुकामारी’मा कर्माले ‘प्रस्ताब’ गर्दा यसरी खुलिन सुरबिना (हेर्नुस भिडियो)



रंग खबर, काठमाण्डौं । श्रीराम दाहालद्वारा निर्देशित फिल्म ‘लुकामारी’को दोस्रो गित रिलिज भएको छ । रोमान्टिक विधाको ‘प्रस्ताब’ बोलको यो गीतमा सुरबिना कार्की र कर्मा गीतको भावमा मस्त डुबेका छन् ।
surbinaअसार १० मा रिलिज हुने फिल्मको गीतलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी हुन् । विकास सिलवाल र प्रविशा अधिकारीको स्वर, किरन बरालको शब्द, रहेको गीतमा विकास सिलवालले संगीत भरेका छन् ।

सुशन प्रजापतिले खिचेको फिल्मलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् । फिल्ममा सौगात मल्ल, कर्मा, सुरबिना कार्की, रिस्ता बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्