अमर न्यौपानेको लेखनमा निर शाहले ‘x-पार्क’ बनाउने  



रंग खबर, काठमाडौँ । निर्देशक, कलाकार एवम् निर्माता निर शाहले फिल्म x-पार्क बनाउने भएका छन् ।  चर्चित साहित्यकार अमर न्यौपानेको लेखनमा उनले यो फिल्म निर्माण गर्न लागेको बुझिएको छ ।
xpark ‘सेतो धरती’ बाट मदन पुरष्कार बिजेता अमर न्यौपानेका ‘पानीको घाम’, ‘सेतो धरती’, ‘करोडौ कस्तुरी’ लगायत उपन्यास चर्चित छन् । फिल्म लेखनमा भने अमरको पहिलो पाइला हो । फिल्मका लागि कलाकारको खोजी भइरहेको बताइएको छ ।  यसअघि ‘मसान’, ‘सेतो बाघ’, ‘नाइँ नभन्नु ल ३’, ‘माला’ सहितका आधा दर्जन फिल्ममा मुख्य सहायक निर्देशक भै काम गरिसकेका परिच्छेद सेनले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेको बुझिएको छ ।

निर फिल्मसको ब्यानरमा निर्माण हुने ‘x-पार्क’लाई काठमाडौँ र सल्यानमा छायांकन गरिने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्