आर्यन र मरिष्कामध्ये को ‘गुड किसर’ ? (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । एउटै फिल्मका दुई कलाकारबीच ‘कसको अभिनय राम्रो ?’ भन्ने विषयमा चर्चा हुनुपर्ने हो । तर, निर्देशक आकाश अधिकारीको फिल्म ‘के म तिम्रो होइन र’को हकमा अर्कै भइरहेको छ ।

aarryan3यो फिल्मका दुवै प्रमुख कलाकार आर्यन अधिकारी र मरिष्का पोखरेल नयाँ हुन् । ‘सिक्स प्याक’ शरीरका कारण आर्यन चर्चामा छन् भने आकर्षक फिगर र अनुहार कारण मरिष्का पनि ‘नोटिस्ड’ भइरहेकी छिन् । एक्सन र प्रेम दुवैको मिश्रण रहेको यो फिल्ममा आर्यन–मरिष्काबीच पाँचवटा किस सिन रहेको बुझिएको छ । जसमध्ये तीनवटा लिप किस रहेको उनीह आफैँले खुलाएका छन् । फिल्मवृत्तमा यतिबेला उनीहको किस सिनलाई लिएर चर्चा चलिरहेको छ । दुईमध्ये को ‘गुड किसर’ ? भन्ने प्रश्नमा आर्यन र मरिष्का दुवैले ‘हामी दुवै’ भन्ने जवाफ दिएका छन् ।
k ma timro haina raआर्यन र मरिष्का दुवैले एकअर्कालाई ‘राम्रो किसर’को संज्ञा दिँदै प्रशंसा गरेका छन् । आर्यनले त धेरै मान्छेको अगाडि किस गर्नुपर्ने भएकाले एकान्तमा गरेजस्तो अनुभव नहुनेसम्म बताए । किसका विषयमा दुवै कलाकार यसरी खुल्नु कतै फिल्म चलाउने फण्डा त होइन ? फिल्म वैशाख ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । (साभार : शुक्रवार साप्ताहिक)
aayan 2
aaryan
kma timro haina ra

प्रतिक्रिया दिनुहोस्