‘कालो पोथी’ ट्रेलर रिलिज| देखियो मध्यपश्चिमेली पहाडी भेषभुषा (हेर्नुस ट्रेलर)



रंग खबर, काठमाडौँ । भेनिष फिल्म फेस्टिबलमा वेस्ट फिल्मको अवार्ड जित्न सफल फिल्म ‘कालो पोथी’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । मिन बहादुर भामले निर्देशन गरेको फिल्मको ट्रेलरमा मध्यपश्चिमको द्वन्दकालिन अवस्था र त्यति बेलाको रहनसहनलाइ देखाइएको छ । फिल्ममा खड्काराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, वेनिशा हमाल, विपिन कार्की लगायत लिड रोलमा छन् । फिल्ममा लगानी छिरिङरितार शेर्पा र ‘कालो पोथी’ टिमको रहेको छ । फिल्म जेठ २१ गते रिलिज हुने छ ।

kalo pothi
विदेशका विभिन्न २३ ओटा फिल्म फेस्टिवल दमदार सहभागिता जनाइसकेको फिल्म नेपालका लागि प्रतिक्षित रहेको छ । बिदेशमा सबैको मन जित्न सफल ‘कालो पोथी’ नेपालमा कस्तो माहोल सिर्जना गर्छ त्यो त हेर्न बाँकि नै छ | अहिलेलाई भने ट्रेलर हेर्नुस ।

  

प्रतिक्रिया दिनुहोस्