फिल्मकर्मीलाइ ‘होमवर्क’ देखाउदा, प्रधानमन्त्री र बिदेशीले हेरे ‘बुद्ध बर्न इन नेपाल’



रंग खबर,काठमाडौँ । आज बाट अलनेपाल पर्दशनमा आएका फिल्म ‘होमवर्क र बुद्ध वर्न इन नेपाल’ युनिटले हिजो बिहिबार रिलिजको पुर्बसंध्या पारेर प्रधानमन्त्रि, फिल्मकर्मी र विदेशीलाई फिल्म देखाए ।

hom

फिल्म ‘होमवर्क’ युनिटले बिहिबार गोपीकृष्ण हल चाबहिलमा थुप्रै फिल्मकर्मीका साथ प्रिमियर गर्यो ।प्रिमियरमा मिस्रित प्रतिक्रिया पाएको फिल्मलाई हेर्न नेपाली फिल्म उद्दयोगका नाम चलेका हस्तीहरुको उपस्तिथी थियो । आर्यन सिग्देल, नम्रता श्रेष्ठ, केकी अधिकारी, पुजा शर्मा, रमेश उप्रेती, आकाश अधिकारी, गौरी मल्ल, आश्मा डिसी, जेनिशा केसी, रिमा बिस्वकर्मा, दिपकराज गिरि, सलोन बस्नेत, गौरब पहाडी, केशब भट्टराई, पुजना प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

oli-in

यस्तै फिल्म ‘बुद्ध वर्न इन नेपाल’ले २५ सय ६०औ बुद्ध जयन्तिको अवसरमा काठमाडौँमा भैरहेको २ दिने बद्ध सम्मेलनमा प्रधानमन्त्रि केपी शर्मा ओली र पर्यटनमन्त्रि आनन्द पोखरेलको हातबाट फिल्म को पोस्टर र ट्रेलर उपस्थित बिदेशी पाहुनालाई देखाइयो । फिल्मको लागि सरकार सहयोग गर्न तत्पर रहेको प्रधानमन्त्री ओलीले बताएको रमित ढुंगानाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्