सबै कलाकार समाबेश भएको ‘गाजलु’ नयाँ पोस्टर बाहिरियो



रंग खबर,काठमाडौँ । जेठ २४ मा रिलिज हुने फिल्म ‘गाजलु’को नयाँ पोस्टर रिलिज भएको छ । पहिले रिलिज गरिएका पोस्टरमा अनमोल केसी र सृष्टि श्रेष्ठलाइ मात्र हाइलाइट गरिएको थियो ।

फिल्मको पोस्टरमा अनमोल र सृष्टिलाई मात्र स्थान दिएपछि फिल्मका अन्य कलाकार गौरब पहाडी र सलोन बस्नेतले मिडिया सामु असन्तुष्टि पोखेका थिए । अन्तत: कलाकारको आलोचना पछि निर्माण युनिटले सबै कलाकार समेटेको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अहिले अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरब पहाडी, सलोन बस्नेत, मेनुका प्रधान र ऋतिक शााही अटाएका छन् ।

gajalu-new-poster

पुर्व कुमारीको कथामा आधारित ‘गाजलु’लाइ हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्ममा रोहित अधिकारीको डेबिउ लगानी रहेको छ

प्रतिक्रिया दिनुहोस्