‘अनागत’मा प्रियंका र अर्पणको यस्तो रोमान्स (फोटोफिचरसहित)



priyanka karkiरंग खबर, काठमाण्डौं । तस्बिर काठमाडौँ, फुटुङस्थित एउटा घरभित्रको हो । जहाँ अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापाले १२ दिन बिताए । तस्बिरले प्रस्ट पार्छ– प्रियंका र अर्पणको मस्ती ।
IMG_1674सोमवार दिउँसो देखिएको दृश्य थियो यो । प्रियंका अर्पणको काखमा थिइन् । अर्पण हातमा सानो क्यामेरा लिएर सेल्फी भिडियो खिचिरहेका थियो । दृश्य हेर्दा लाग्थ्यो उनीहरू दुई गहिरो प्रेममा डुबेका छन् । तर, यो सब उनीहरूले सामतेन भुटिया निर्देशित फिल्म ‘अनागत’का लागि गरिरहेका थिए । फिल्मको ९० प्रतिशत सुटिङ सोही घरमा भएको बताइएको छ । फिल्ममा प्रियंका र अर्पण श्रीमान्–श्रीमतीको भूमिकामा देखिँदै छन् ।
IMG_1684यो फिल्मबाट प्रियंका र अर्पणको सामिप्यता पर्दाभित्र मात्र होइन पर्दाबाहिर पनि बढेको छ । प्रियंकाले खुलेर भन्दिएकी छिन्, ‘यो फिल्ममा अर्पणको अपोजिटमा काम गर्न पाउँदा म निकै खुशी छु । यो पात्रका लागि अरू कोही फिट हुन नै सक्दैन ।’ प्रियंका फिल्ममा पेन्टरको भूमिकामा छिन् । साइकोथ्रिलर भनिएको यो फिल्ममा अर्पण आफ्नै श्रीमतीले मार्न खोजेको शंका गर्ने पात्रका रूपमा देखिएका छन् । ‘म त फिल्म गर्दागर्दै आफैँ साइको हुन्छु कि जस्तो पनि लाग्यो,’ छायांकनको अन्त्यतिर प्रियंकाले ठट्टा गरिन् ।
priyanka arpan 2
priyanka 22

IMG_1679
शब्द : शुक्रवार साप्ताहिकबाट साभार
तस्बिर : अनिल युनिक

प्रतिक्रिया दिनुहोस्