दिपाश्रीको ‘छक्का पञ्जा’मा ‘पूर्व पश्चिम रेल’, फेरि मर्कियो प्रियंकाको कम्मर (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ । कलाकार तथा निर्मात्री दिपाश्री निरौलाको पहिलो निर्देशन रहेको फिल्मको पहिलो गित सार्वजनिक भएको छ । ‘पूर्व पश्चिम रेल’ बोलको गीतमा नायिका प्रियंका कार्कीले कम्मर मर्काएकि छिन । र उनलाई फिल्मका अन्य कलाकार साथ दिएका । नाच्नमा पोख्त प्रियंकाका यसअघि सुर्के थैली, कम्मर माथि पटुकी, सिरैमा सिरबन्दि बोलका गितबाट दर्शकको मन जितिसकेकी छिन । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । अन्जु पन्त र संगीतकार राजनराज सिवाकोटीको सुरिलो स्वरमा सजिएको गित मिठासपूर्ण छ । यसअघि राजनराज सिवाकोटीकै संगीतमा ‘सुर्के थैली’ गित युट्युबमा सर्वाधिक हिट भएको थियो ।  युट्युबमा रिलिज यो गितले पनि धमाका मच्चाउने अड्कल काटिएको छ ।

chhakka panja 2

भदौ २४ मा रिलिज हुने बहुप्रतिक्षित फिल्ममा प्रियंका कार्की, दिपकराज गिरि, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्वि तामाङ्ग ‘हैट’, बर्षा शिवाकोटी, नम्रता सापकोटा, सुमन गिरी लगाएतका कलाकार अभिनय गरेका छन् । फिल्मलाइ पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

हेर्नुस भिडियो:-

प्रतिक्रिया दिनुहोस्