अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा वाहवाही बटुलेको ‘कालो पोथी’को प्रिमियर



रंग खबर,काठमाडौँ | आगामी शुक्रबार रिलिज हुने फिल्म ‘कालो पोथी’को काठमाडौँको कुमारी हलमा भब्य रेड कार्पेट प्रिमिएर गरियो। ७२ औं भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा ‘इन्टरनेसनल क्रिटिक्स विक’ अवार्ड् जितेको फिल्मलाइ प्रिमिएरमा उपस्थित अधिकांशले तारिफ गरे । मध्यपश्चिममेलि मुगुको रहनसहनमा हुर्केका दुइ बालकको मित्रतालाइ फिल्ममा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । फिल्मलाइ मिन बहादुर भामले निर्देशन गरेका हुन् ।

13324202_1311694995526954_613671243_o

प्रिमियरमा सुचना तथा सञ्चार मन्त्री शेरधन राई, बैंकर अनिल शाह, रंगकर्मी सुनिल पोखरेल, अनुप बराल, निर्देशकहरु दिपेन्द्र के.खनाल, निश्चल बस्नेत, सुरज भुषाल, अभिनेत्रीहरु बेनिशा हमाल, रिचा शर्मा,  केकी अधिकारी, रिमा विश्वकर्मा, स्वस्तिमा खड्का, अभिनेताहरु कर्मा शाक्य, नाजिर हुसेन लगायत सहभागी थिए ।

13334446_1311695168860270_21973409_o

फिल्ममा खड्गराज नेपाली, शुक्रराज रोकाय, जितबहादुर मल्ल, हन्सा खड्का, वेनिशा हमाल, नन्द प्रसाद खत्री, विपिन कार्की र प्रियंका खतिवडाको मुख्य भूमिका रहेको छ । फिल्ममा पटकथा एवं संवाद निर्देशक भाम र अभिनाष विक्रम शाहीको रहेको छ ।

तस्बिर:- कमल प्रसाई

प्रतिक्रिया दिनुहोस्