कमेडी फ्लेवरमा ‘रेलिमाई’ गीत रिलिज (हेर्नुस् भिडियो)



रंग खबर, काठमाडौँ | रिम बिश्वकर्माको निर्देशनमा बनेको फिल्म ‘रेलिमाई’को कमेडी गीत सार्वजनिक गरिएको छ । ‘जाउँ हिँड खसौली’ बोलको गीतमा सञ्जोग राना, पूर्णिमा लामा, रियन लामाले कम्मर मर्काएका छन् ।

शब्द,संगीत रिम बिश्वकर्माकै रहेको गीत मा स्वर भने चिरन्जीवी भण्डारीको रहेको छ । यही फिल्मबाट पाश्र्वगायनमा डेब्यू भएका चिरन्जीवीले यो भन्दा पहिले आधा दर्जनबढी आधुनिक गीतमा स्वर दिइसकेका छन् । ‘मेरो स्वर सुहाउँदो गीत पाए,’ संगीतकार समेत रहेका चिरञ्जिवीले भने, ‘प्रतिक्रिया पनि राम्रै पाइरहेको छु । अब पाश्र्व गायनमा पनि जम्ने सोच छ ।’ चिरञ्जिवीको केही साताअघि सार्वजनिक भएको ‘सान्नानी’ बोलको गीत यतिवेला दर्शक/श्रोताले रुचाइरहेका छन् ।

relimaai

फिल्ममा सिनेम्याटोग्राफी यम आले र लगानी स्वयम् रिम बिश्वकर्माको रहेको छ । रेड लाइन फिल्मस् प्रालिको ब्यानरमा निर्मित फिल्म साउन २१ मा रिलिज हुने छ ।

Watch here Song:-

 

प्रतिक्रिया दिनुहोस्