कालो पोथी र गाजलुमा दर्शक ओइरिए | दुई महिनामा १७ मध्ये ३ फिल्मको व्यापार राम्रो



रंग खबर, काठमाडौँ | यो सालको बैशाखमा ९ र जेठमा ८ गरेर दुइ महिनामा १७ फिल्म पर्दशनमा आए । विभिन्न मिडियामा आएका समाचारलाइ मान्ने हो भने १७ फिल्म मध्ये  ३ फिल्मले मात्र गतिलो व्यापार गरेका गरे । यी मध्य ‘हाउ फन्नी’, ‘कालो पोथी’ र ‘गाजलु’ले बक्स अफिसमा राम्रो व्यापार गरे ।

friday-mm-3

बैशाख दोस्रो सातामा पर्दशनमा आएका ‘बाटो मुनिको फुल २’ र ‘हाउ फन्नी’ मध्य ‘हाउ फन्नी’ले निर्मातालाइ केहि राहत दिन सक्यो । मल्टिस्टार, संगीत, उत्कृष्ट सिनेम्याटोग्राफी र प्रचार-प्रसारका कारण ‘हाउ फन्नी’ले दर्शक हल सम्म तान्न सफल भयो । तर ‘बाटो मुनिको फुल २’ले ‘हाउ फन्नी’लाइ टक्कर दिएपनि सोचे अनुसारको खरो उत्रन सकेन । त्यसपछि पर्दशनमा आएका ‘बाजिगर’ र ‘जंगे’ले पनि सोचे अनुसारको उल्टो व्यापार गरे । ‘रोल्पा रोग’, ‘आवारा’,’उहिले बाँजेको पालामा’ र ‘बिरानो माया’ जस्ता फिल्म भित्ताको पोस्टरमै सिमित भए । बैशाखको अन्त्यमा आएको आकाश अधिकारी निर्देशित ‘के म तिम्रो होइन र’ फेसबुकका वालमा केहि दिन हिट भयो तर दर्शक हलसम्म तान्ने मामिलामा पूर्णत फ्लप रह्यो ।

kalopothi_20x10_wide_poster_1

बैशाख महिना नराम्रो गए पनि जेठमा केहि आशा गरिएका फिल्म पर्दशनमा आए । तर जेठ महिनामा पनि आशा गरिएका केहि फिल्मले मात्र दर्शक तान्न सफल भए । आर्यन सिग्देल फरक भूमिकामा प्रस्तुत भएको फिल्म ‘होमवर्क’प्रति केहि आशा थियो फिल्म नगरीमा । तर जति चर्चा रिलिज हुनु अगाडी थियो ‘होमवर्क’को फिल्म पर्दशनमा आएपछि असिनापानि बिलाएझैँ गरि बिलायो । यसअर्थमा फिल्मले हलमा तहल्का पिट्न सकेन । उसो त अहिले सम्म हिट फिल्म दिएरहेको आर्यन र नम्रताको जोडीलाइ ‘होमवर्क’ पहिलो फ्लप फिल्म भैदियो । त्यस्तै अभिनेता रमित ढुंगानाको कमब्याकलाइ दर्शकहरुले हेरिदिएनन । रमित ढुंगानाकै २ करोड लगानी रहेको भनिएको ‘बुद्ध वर्न इन नेपाल’ले चुर्लुम्म डुबाइदियो । त्यसपछि पर्दशनमा आएका ‘किन गरे माया’, ‘एक्सन’ र ‘बेस्ट फ्रेन्ज फरेभर’ आएगएको दर्शकलाइ पत्तै भएन । अर्चना पनेरुको सरिरलाइ मुख्य ब्यापारिक ढाल बनाइएको ‘छेस्को’लाइ दर्शकले पत्याइदिएनन । फलस्वरुप ‘छेस्को’ सुपरफ्लप बन्यो ।

gajalu new poster

जेठ महिनामा ओरालो लागेको बक्स अफिस कलेक्सनलाइ २१ गते पर्दशनमा आएको प्रतिक्षित फिल्म ‘कालो पोथी’ले सोचे भन्दा राम्रो व्यापार गर्दै फिल्म नगरीलाइ खडेरीबाट बचायो । त्यसपछि जेठ २८मा पर्दशनमा आएको फिल्म ‘गाजलु’ले बम्परको व्यापार गर्दै नेपाली दर्शकलाइ हलसम्म तान्न सफल देखिएको छ । पछिल्लो दुई हप्तामा यी दुइ फिल्मले करोडौको व्यापार गरिरहेका छन । यो व्यापार असार पहिलो सातासम्म निरन्तर हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्