‘गाजलु’ बक्स अफिस रिपोर्ट | लगानी उठाउन दोस्रो साता कुर्नुपर्ने



रंग खबर, काठमाडौँ | जेठ २८ मा पर्दशनमा आएको अनमोल केसी स्टारर फिल्म ‘गाजलु’ले बक्स अफिसमा यो सालकै सर्वाधिक कलेक्सन गर्न सफल भएको छ । पर्दशनकै एक हप्तामा ‘गाजलु’ले ढाई करोड नजिकको व्यापार गर्न सफल भएको हो । राजधानीबाट पहिलो साता १ करोड ३३ लाख र मोफसलबाट १ करोड ८ लाखको उत्कृष्ट कलेक्सन गर्दै ‘गाजलु’ले दोस्रो साता तय गरेको हो । वितरक कम्पनिका अनुसार  ‘गाजलु’को कुल कलेक्सन २ करोड ४१ लाख बताइएको छ । तर ‘गाजलु’को कलेक्सनबारे मिडियामा दुई खाले रिपोर्ट सार्वजनिक भएका छन्  । बिग बजेटमा बनेको फिल्म ‘गाजलु’लाइ लगानी रिकभर गर्न अझै दोस्रो विकेन्डको कलेक्सन आवश्यक पर्नेछ  ।

gajalu clip

रोहित अधिकारी निर्मित फिल्मलाइ सफल निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल संगै सृष्टि श्रेष्ठ, मेनुका प्रधान, सलोन बस्नेत, गौरब पहारी, गौरी मल्ल, ऋतिक शाही लगाएतका कलाकारले अभिनय गरेका छन् । फिल्मले क्रिटिक्सबाट राम्रै प्रतिक्रिया पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्