प्रचारबिना नै पर्दशनमा आयो भूकम्पको कथामा आधारित ‘कम्पन’



रंग खबर,काठमाडौँ | यो साता नेपाली फिल्म ‘कम्पन’ सार्वजनिक पर्दशनमा आएको छ । भूकम्पको कथामा आधारित फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुस्कर राउत र अनु पराजुलीको अभिनय रहेको छ । अन्चिला केसी र सिताराम तिमल्सिना निर्मित फिल्म कुनै पनि प्रचार-प्रसार बिना नै पर्दशनमा आएको हो । दिनेश पौडेलले निर्देशन गरेको फिल्ममा ओम सुनुवारको संगीत रहेको छ । ‘कम्पन’ दिक्क्षा फिल्मस् क्रियसनको ब्यानरमा बनेको हो ।

kampan nepali movie

यो फिल्म संगै हलहलमा ‘कालो पोथी’ले तेस्रो हप्ता र ‘गाजलु’ले दोस्रो हप्ताको पर्दशन तय गरेका छन् । भने बलिउडबाट साहिद कपूर, करिना कपूर र अलिया भट्ट अभिनित ‘उड्ता पन्जाब’ पर्दशनमा आएको छ । बिग बजेटका फिल्मका अगाडी प्रचार-प्रसार बिना नै पर्दशनमा ल्याइएको ‘कम्पन’लाइ भने कम्पन गराउन हम्मे हम्मे पर्ने देखिन्छ  ।

 

प्रतिक्रिया दिनुहोस्