‘एक पल’मा जेनिशा केसीको यस्तो रोमान्स (हेर्नुस् ट्रेलर)



रंग खबर, काठमाण्डौं । राज शाक्यले निर्देशन गरेको फिल्म ‘एक पल’ साउन २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आइतबार राजधानीमा प्रेसमिट गर्दै यो एक्सन जनराको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।
jenisha kcकार्यक्रममा फिल्मको ट्रेलर र अडियो पनि सार्वजनिक गरियो । यो फिल्ममा जेनिशा केसी, राम महर्जन र आकाशजंग शाह प्रमुख भुमिकामा रहेका छन् । कार्यक्रममा अभिनेत्री केसीले यो फिल्मलाई म्युजिक लभस्टोरीको रुपमा व्याख्या गरिन् । भनिन्, ‘फिल्ममा प्रेम, संगीत र एक्सन सबै खुराक छन् । दर्शकले मन पराउनु हुनेछ भन्ने विश्वास राखेकी छु ।’ फिल्ममा उनी लर्भर गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् ।

सुरज श्रेष्ठ सह निर्माता रहेको यो फिल्ममा आरएल महर्जन निर्माताको रुपमा रहेका छन् । संगीत महेश खड्काले दिएका छन् ।
हेर्नुस  ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्