अर्जेन्टिनाका फ्यान प्रमोदले मेसीको सन्यासमा गरे रेकर्डिङ स्थगित



रंग खबर, काठमाण्डौं । कोपा अमेरिकामा अर्जेन्टिनाको हार यतिवेला विश्वमै चर्चाको विषय भइरहेको छ । अझ त्यो भन्दा बढी चर्चा अर्जेन्टिनाका विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको खबरको भइरहेको छ ।
messiखेलप्रेमी रहेका गायक प्रमोद खरेलले मेसीको सन्यासकै विषयलाई लिएर सोमबार आफ्नो गीत रेकर्डिङ नै स्थगित गरे । ‘आजको रेकर्डिङ स्थगित गरे, तिम्रो विदाईले भावुक बनायो’, प्रमोदले बिहानै आफ्नो टिव्टरमार्फत ट्विट गरेका छन् ।

प्रमोद क्रिकेटको ठुलो फ्यान हुन् । उनी फुटबल पनि हेर्न छुटाउँदैनन् । यतिवेला कोपा अमेरिका र युरो कपका कुनै पनि खेल आफुले हेर्न नछुटाएको उनले बताए । फुटबलमा उनी अर्जेन्टिनाका फ्यान रहेछन् । मेसी उनका प्रिय खेलाडी रहेको बताए । ‘मेसी फुटबलमा अनुशासित र क्षमतावान दुवै थिए,’ रंगखबरसँग उनले भने, ‘त्यसैले उनले सन्यास लिँदा निकै दुःख लाग्यो । त्यसैले आजको गीतको रेकर्डिङ नै स्थगित गरेको हुँ । सन्यास फिर्ता लिइदिए हुन्थ्यो भन्ने लागिरा’छ ।’
pramod kharel messi
अर्जेन्टिना सोमबार चिलीसँगको प्रतिष्पर्धामा ट्राइबेकरमा ४–२ले हारेको थियो । जसमा मेसीको पहिलो पेनाल्टी नै गोल भएको थिएन । यही हारका कारण निराश देखिएका मेसीले सन्यास लिएपछि यतिवेला विश्वभर दुःख प्रकट गर्ने र उनलाई सन्यास फिर्ता लिन अनुरोध गर्ने फ्यानहरुको लर्को छ ।

प्रतिक्रिया दिनुहोस्