बृन्दावनमा शिल्पाको एक्सन|के बक्सअफिसमा मच्चाउला त धमाका (ट्रेलर हेर्नुस)



रंग खबर, काठमाडौँ | नायिका शिल्पा पोखरेल पछिल्नो समय एक्सन फिल्ममा फिट देखिन थालेकी छिन । ‘हवल्दार सुन्तली’ र ‘फागु’मा एक्सन भूमिकामा प्रस्तुत भएकी शिल्पा पोखरेल फेरि एक पटक एक्सन अवतारमा देखिएकी छिन । रुद्राक्ष फिल्मसको ब्यानरमा निर्माण भएको ‘बृन्दावन’मा शिल्पाको भरपुर एक्सन हेर्न पाइने छ । फिल्ममा शिल्पालाइ किशोर खतिवडा, दीपेन्द्र जीसी र बाँदरले साथ दिएका छन् ।

brindaban 2

राजधानीमा एक बिशेष कार्यक्रमका बीच फिल्म युनिटले प्रोमो तथा गित देखाउदै जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रका अपाङगता भएका बालबालिका र महिलाहरुलाई ‘बृन्दावन’ युनिटले भोजन पनि गराएको थियो ।

brindaban

शिल्पा पोख्रेलसँगै किशोर खतिवडा र दीपेन्द्र जीसीको मुख्य अभिनय रहेको ‘वृन्दावन’लाई रुद्र खनालले निर्माण गरेका हुन् भने राजबहादुर सानेले निर्देशन गरेका गरेका छन् । यो फिल्म भदौ १७ गतेबाट नेपालभर प्रदर्शनको हुने बताईएको छ ।

Watch here Trailer:

प्रतिक्रिया दिनुहोस्