अभिनेत्री बिनिता बरालको ‘जुइनो’ उपन्यास सार्वजनिक



रंग खबर, काठमाडौँ | मोडेल, अभिनेत्री हुदै कृषक बनेकी बिनिता बराल अब साहित्यकार पनि बनेकी छिन । बिनिता बरालद्वारा लिखित पहिलो उपन्यास एक समारोहका बिच सार्वजनिक गरिन । पुस्तकको बिमोचन नायिका रिचा शर्मा र बिनिता स्वयम् ले गरेका थिए । अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दे गरेकी बराल पुस्तक बिमोचनका निमित्त करिब एक महिना अगाडी नेपाल आइपुगेकी थिइन् । कृषिको पृष्ठभुमिबाट सुरु गरेर प्रेमकथामा परीणत भएको बताउने विनिताको ‘जुइनो’ले वैदेशिक रोजगार, छुवाछुत, पृतिसत्तात्मकता जस्तो नेपाली समाजका धेरै कुरा छोएको बताएकी छिन ।

Juino book launch 02

समारोहमा उपन्यासको प्रमुख पात्रको नाम ‘कथा’ राखिएको बिषयमा बोल्दै बरालले ‘मलाई सधैं छोरी पाउँछु र उसको नाम कथा राख्छु भन्ने भइरहन्छ । त्यसैले पनि होला मैले उपन्यासको प्रमुख पात्रको नाम कथा राखेको,’ कुरा व्यक्त गरेकी थिइन । फाइनप्रिन्टले प्रकाशन गरेको ‘जुइनो’को मूल्य रु २९४ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्