‘चपली हाइट २’लाई प्रदर्शन पूर्व नै करोड|भदौ मै हुनेछ अस्ट्रेलिया रिलिज



रंग खबर, काठमाडौँ | सुपरहिट फिल्म ‘चपली हाइट’को सिक्वेल ‘चपली हाइट २’ले प्रदर्शन अगावै लगानी उठाएको बुझिएको छ ।  फिल्मका निर्माता अर्जुन कुमारका अनुसार एक नेपाल भित्रैबाट एक करोड माथि रकम प्राप्त गर्दै लगानी सुरक्षित् भएको बताइएका छन । फिल्मको युट्युव, भीसीडी र ओभरसिज राइट्स हाइलाइट्स नेपालले किनिसकेको छ ।

chapali-height2-poster.docx

भदौ २ मा अलनेपाल प्रदर्शन हुन लागेको ‘चपली हाइट २’लाई सोहि मितिमै अस्ट्रेलियामा पनि रिलिज गरिने भएको छ । फिल्म युनिटका अनुसार अष्ट्रेलियामा हुने शोमा निर्देशक दिपेन्द्र के खनाल र निर्माता अर्जुन कुमार सहभागी हुनेछन् । रोमान्टिक, सस्पेन्स फिल्म ‘चपली हाइट २’मा आयुष्मान जोशी, मरिस्का पोखरेल, परमिताराज्य लक्ष्मी राणा लगाएतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्