सोलो रिलिज पाएको सुस्मिताको ‘म त तिम्रै हुँ’ आजबाट ७५ बढी पर्दामा



रंग खबर, काठमाडौँ | नायिका तथा निर्मात्री सुस्मिता केसी निर्मित ‘म त तिम्रै हुँ’ अन्तत हल-हल सम्म आइपुगेको छ । सुल्तान रिलिजले गर्दा नेपाली फिल्म हलमा सुनसान भएको अवस्थामा ‘म त तिम्रै हुँ’को सोलो रिलिज संगै थ्रेटरमा अब नेपाली फिल्मको चहल-पहल हुने भएको छ ।  ब्यापक प्रचार-प्रसार सहित प्रदर्शन आएको यो फिल्मले देश भरका ७५ बढी हल पाएको बुझिएको छ । अनमोल क्रियसनको ब्यानरमा अनमोल केसी निर्मित फिल्मलाई आशाको रुपमा हेरिएको छ ।

Nepali-Movie-JISM-Full-Movie

गित संगीतले छुट्टै चर्चा बटुलीसकेको ‘म त तिम्रै हुँ’लाई श्रीराम महतले निर्देशन गरेका हुन् । नयाँ कलाकार आकाश श्रेष्ठ, ज्योत्सना योगी, जीवन भट्टराई, अनुपम श्रेष्ठ र निर्मात्री सुस्मिता केसी लगाएतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्