‘गाँठो’ टाइटल गितमा भिडियो बनाएर जित्नुहोस् एक लाख (कभर भिडियो)



रंग खबर,काठमाडौँ | सुरज भुषाल निर्देशित फिल्म ‘गाँठो’ प्रचार-प्रसारको लागि नयाँ तरिका अपनाएको छ । फिल्मलाई पनि सहयोग पुग्ने र प्रतिभालाई पनि अवसर मिल्ने तरिकाले ‘मनको गाँठो फुकाउने भिडियो प्रर्तिस्पर्धा’ नामक कभर भिडियो स्पर्धा घोषणा गरेको छ । फिल्मको शिर्ष गित सार्वजनिक गर्दै ‘गाँठो’ युनिटले प्रतिस्पर्धाको लागि आबेदन खुल्ला गरेको छ । स्पर्धाको अन्तिम नतिजा फिल्म रिलिजको दिन सार्वजनिक गरिने छ । र बिजेताले रु. १ लाख नगत हात पार्नेछन् ।

गाँठो २

कभर भिडियोमा भाग लिनलाई इच्छुकले आफ्नै शैलीमा कभर भिडियो बनाएर युटुयुबमा अपलोड गर्न सक्नेछन । सार्वजनिक गीतमा अनुपम शर्माको संगीत र प्रशान्त शर्मा, रंजित बस्नेत र अनुपम शर्माको स्वर रहेको छ । तिलक बहादुर छेत्री र निपेंद्रराज जोशीले निर्माण गरेको ‘गाँठो’मा नाजिर हुसेन, नम्रता श्रेष्ठ र अभय बरालको अभिनय रहेको छ । फिल्म भदौ ३१ गते रिलिज हुदैछ ।

Watch Here Song:-

 

प्रतिक्रिया दिनुहोस्