३० प्रतिस्पर्धीलाई उछिनेर ‘कृ’मा छनोट भईन यी हिरोइन



रंग खबर,काठमाडौँ | युवास्टार अनमोल केसी मुख्य भूमिकामा रहने ‘कृ’को लागि लिड हिरोइन फाइनल भएकी छिन । झापा घर भै अहिले काठमाडौँमा बस्दै आइरहेकी अदिती बुढाथोकी अनमोलको अपोजिट रहनेछिन । यो संगै अनमोल केसीले आफ्नो पाँचौ फिल्म सम्म आइपुग्दा पाँचौ हिरोइनका रुपमा अदितीलाई पाएका हुन्  । यी सुन्दरी इन्स्ट्राग्राम सेलेब्रेटी हुन् । अदितीलाई इन्स्ट्राग्राममा फ्लो गर्नेको संख्या १ लाख माथि रहेको छ ।

Aditi-Budhathoki-1-e1451647743779

स्रोतका अनुसार फिल्म युनिटले गरेको अडिसनमा ३० युवतीहरुलाई उछिन्दै अदिती ‘कृ’को लागि छनोट भएकी हुन् । सुवास इन्टरटेन्मेन्ट र  द सुपर काजोल फिल्मस् को ब्यानरमा बन्ने ‘कृ’लाई  सुवास गिरी र भूवन केसीले निर्माण गर्नेछन। कमल गिरी कार्यकारी निर्माता रहनेछन् भने निर्देशनमा सुरेन्द्र पौडेल रहनेछन् । ‘कृ’ माघबाट फ्लोरमा उत्रिने छ ।

20150724she-tells-it-like-it-is-600x0

अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् । अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्