अष्टनारायण हलले बनाउने ‘हिटलर’मा सोहित मानन्धर



रंग खबर,काठमाडौँ | अष्टनारायण हलले ‘हिटलर’ निर्माण गर्ने भएको छ | फिल्ममा सोहि हलका मालिक सोहित मानन्धरले मुख्य भूमिका निर्वाह गर्नेछन् । चिनिमाया मानन्धर निर्माता तथा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहने फिल्ममा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मसको पनि सहकार्य रहनेछ ।

hitlar-team

सौरभ ढकालले निर्देशन गर्ने फिल्ममा  किचमान चित्रकारको लेखन रहेको यो फिल्ममा लोचन घिमिरेको संगीत, एआर पौड्यालको छायाँकन तथा कृष्ण के. अच्छामीको कोरियोग्राफी रहने भएको छ ।  आगामी बैशाख १५ मा रिलिज हुने गरि बनाइने ‘हिटलर’का अन्य कलाकारलाई प्रेसमिट गरेर सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्