सुशील, वर्षा र जेविका ‘कारखाना’मा संगै देखिने | सुरु भयो छायांकन



रंग खबर, काठमाडौँ |  ‘होस्टेल रिटन्र्स’ हिरो सुशील  र ‘पशुपति प्रसाद’कि प्रसाद वर्षा सिवाकोटी अब नयाँ फिल्म ‘कारखाना’मा संगै देखिने भएका छन् । बिबाह मण्डपबाट भागेकी केटिले झेल्नु परेका भोगाईलाई समेटेर बनाइने फिल्ममा जेबिका कार्की, नबिन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, बिकास उप्रेती, रबिन पोख्रेल लगायतको अभिनय रहनेछ ।

CYMERA_20160804_215531

फिल्मको बिहिबार मुर्हत गर्दै छायांकन सुरु गरियो । अमरदिप सापकोटाको लेखन निर्देशन रहको फिल्ममा दयाराम दाहाल, सुशिल पोख्रेल, निर्देशक सापकोटाको पटकथा एंव संवाद रहेको छ । सुदिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्काको लगानी रहेको फिल्मलाई फिल्मलाई निरज कंडेलले खिच्दैछन् । चन्द्र पन्तको द्वन्द्व समावेश हुने फिल्ममा हर्कुलस बस्नेत र अनिल शाहीको संगीत, कविराज गहतराजको नृत्य रहनेछ ।

प्रतिक्रिया दिनुहोस्