फ्राइडे रिलिजमा तीन फिल्म | के दम छ त दर्शकलाई हल सम्म तान्ने ?



रंग खबर, काठमाडौँ | यो साता तिन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘सुन्तलीलाई भगाईलग्यो झिल्केले’, ‘एक पल’ र ‘प्रतिबिम्ब यो साताका फ्रेस फिल्म हुन्, तर यी फिल्म फ्रेस भएपनि के दर्शक ले ताजकि पाउलान त ? त्यसका लागि दर्शक हल सम्मै जानुपर्ने हुन्छ ।

suntali

‘सुन्तलीलाई भगाईलग्यो झिल्केले’: ‘होस्टेल रिटन्र्स’बाट तारिफ बटुलेका सुशील सिटौला फिल्मका मुख्य मेरुदण्ड हुन् । र सुशीललाई सुशान्त कार्की, सुर्जनी केसी र शिशिरले साथ दिएका छन्  ।गतिलो प्रचार-प्रसार गर्न नसकेको फिल्मले बुधबार प्रिमियर गरेको थियो । प्रिमिएरमा मिस्रित प्रतिक्रिया पाएको ‘सुन्तलीलाई भगाईलग्यो झिल्केले’ कस्तो ब्यापार गर्छ त्यो चाहिँ केहि दिनमै थाहा हुनेछ ।

ek pal nepali movie poster

‘एक पल’: जेनिशा केसी प्रमुख भूमिकामा अभिनित पारिवारिक फिल्म हो  । ट्रेलर हेर्दा पुरानै असफल कथाबस्तुलाई प्रमुख हतियार बनाएको ‘एक पल’लाई राज शाक्यले निर्देशन गरेका हुन् । राम महर्जन निर्मित फिल्ममा राम महर्जन पनि प्रमुख भूमिकामा रहेका छन् ।

कुनै पनि प्रचार बिना एकै चोटी हलमा आएको फिल्म हो ‘प्रतिबिम्ब’ । यो फिल्मको बारेमा फिल्मका निकट बाहेक बाहिरको कसैलाई पनि थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्