१५ सय वर्षअघिको मिथिलाका राजा सलहेसको कथामाथि फिल्म बन्ने



रंग खबर, काठमाण्डौं । १५ सय वर्ष अघिको ऐतिहासिक कथा माथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाविच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो ।
salhesh 2भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ । ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए ।

फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन । उनको यो पहिलो फिचर फिल्म हुनेछ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’बनाएका छन् । यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड समेत जितेको छ ।

करिब तीन करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड., झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए । ‘हामीकरिब ६ महिना प्रि–प्रडक्सनमा व्यस्त हुनेछौं,’ निर्देशक शाहले भने, ‘त्यसपछि मात्र फिल्मको सुटिङ थाल्नेछौं । एकवर्ष भित्रमा फिल्म रिलिज गरिसक्ने योजना छ ।’ यो फिल्मलाई अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी गराउने उद्धेश्य रहेको उनले बताए ।
salheshमिथिला क्षेत्रमा निकै लोकप्रिय पात्र हुन् राजा सहलेस । ‘उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो,’ सलहेसबारे रिसर्च गरिरहेका निर्माता महतोले भने, ‘ यिनीकुनै दन्त्य कथाका पात्र होइनन्,न त पुराणका यशस्वी राजर्षि नै हुन्। उनी त्यतिबेला राजाभएता पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोहीपात्रका रुपमा समेत चिनिन्छ । ’

निर्देशक शाहले यस्तो ऐतिहासिक कथामाथि फिल्म बनाउने जिम्मेवारी पाउनु आफैमा चुनौतीपुर्ण रहेको बताए । ‘फिल्मको कास्टिंड, कसट्यूम, गहना, श्रृंगार, सेट, लोकेसन, संगित हरेक पक्षमा विस्तृतमा काम गर्नु र कथालाई न्याय गर्नु आफैमा चुनौतिपूर्ण रहेको छ,’ उनले भने, ‘कुनै पक्षमा कमी रहन नदिने गरि काम गर्ने प्रयास गर्नेछु । आशा छ यो फिल्मबाट नेपाली फिल्म क्षेत्रले थप स्तरीयता महसुस गर्नेछ । ’

सिरहाको लहानदेखि चार किलोमिटर पश्चिममा सलहेसको नाममा राखिएको ‘सलहेस फुलबारी’ छ । ‘हरेक वर्ष नेपाली नयाँ वर्षको पहिलो दिन यो फुलबारीमा फुल फुल्ने गर्छ ,’ निर्माता महतोले भने, ‘फुलबारीमा पुजा गर्न आउदा मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो फुलबारीमा राजा सलहेसफुल टिप्ने जान्थे भन्ने किवंदन्ती छ । सलहेसलाई उनकी प्रेमीका कुशमा मालिनले हरेक दिन त्यहाँ फुलको माला अर्पण गर्थिन र त्यही प्रेमको प्रतिकका रुपमा आज पनि त्यहाँ फुलफुल्ने गरेको विश्वास गरिन्छ । ’ हरेक वर्षको वैशाख १ गते त्यहाँ ठुलो मेला लाग्ने गर्छ जहाँ नेपाल र भारतबाट लाखौं मानिस आउने गर्छन ।

यो फिल्ममा सलहेस, रेशमा, कुसमा, दौना, करिकन्हा, मोतीराम, बुधेसर लगायत ऐतिहासिक पात्रहरुमात्र हुनेछन् । फिल्मका कलाकारहरु पक्का भइसकेका छैनन् ।
‘यो ऐतिहासिक फिल्म भएकाले यसमा अभिनय गर्ने चरित्रहरु पनि ति पात्रहरुसँग मिल्नुपर्छ ,’ निर्देशक शाहले भने, ‘त्यसैले फिल्ममा रहने प्रत्येक पात्रहरुको स्केचिङ पश्चात त्यस अनुसारको कलाकारहरु अडिसनमार्फत छनौट गर्ने तयारीमा हामी छौं । कलाकारहरुको छनौट नेपाल र भारतकाविभिन्नप्रमुख स्थानहरुमा अडिसन मार्फत गर्नेछौं ।’
salhesh 3यो फिल्ममा कथा डा. राजेन्द्र विमल, संवाद महेन्द्र मलगिंया र पटकथा निर्देशक शाहकै रहनेछ । त्यसैगरी फिल्ममा सुनिल–प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र इश्वर दाहालको गीत रहने कार्यक्रममा जानकारी दिइयो । ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको पनि प्रयोग गरिने निर्देशक शाहले बताए । भिएफएक्स सुपरभाइजर र स्टोरी बोर्डमा अनुपम शाह रहेका छन् । ‘मैले थुप्रै नेपाली फिल्ममा भिएफएक्स गरेको छु,’ कार्यक्रममा उनले भने, ‘तर, यो अरुभन्दा पृथक हुने देखिन्छ । सयौं वर्ष पुरानो कुरालाई यथार्थ ढंगमा देखाउनुपर्ने हुन्छ । मैले पहिलोपल्ट नेपाली फिल्ममा यो खाले भिएफएक्सको प्रयोग गर्ने मौका पाउदैछु ।’ पुरुषोत्तम प्रधानले खिच्ने यो फिल्मको मिडिया संयोजक अनिल यादव रहेका छन् । निर्माण टिमका अन्य सदस्यहरु थपिने क्रममा छन् ।

कार्यक्रममा युनेस्कोका सल्लाहकार समेत रहेका मानवशास्त्री प्राध्यापक डा. प्रेम कुमार खत्री सहभागी थिए । उनले ऐतिहासिक र सांस्कृतिक महत्व रहेको विषयमाथि फिल्म बनाउन लागिएकोमा पंशासा गरे । मधेश आन्दोलन चलिरहेको बेलामा सामाजिक रुपमा यो खाले फिल्मले कस्तो महत्व राख्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा उनले भने, ‘यो फिल्मको निर्माण राजनितीसँग जोडिएको छ जस्तो त लागेन । तर, यो फिल्मले मधेशलाई बुझ्न र एकताका लागि थप भुमिका खेल्छ भन्ने लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्