रमेश र रजनीको ‘ब्रासलेट’लाई सबैले हेर्न पाउने गरि युनीभर्सल प्रमाणपत्र



रंग खबर, काठमाडौँ | रमेश उप्रेतीको कमब्याक रहेको फिल्म ‘ब्रासलेट’ले युनिभर्सल प्रमाणपत्र पाएको छ । अब २ घण्टा १७ मिनेट लामो फिल्मलाई सबै खाले दर्शकले हेर्न पाउनेछन् । सेन्सरबोर्डले फिल्म हेरेपछि सबैखालका दर्शकले हेर्न पाउने गरि प्रमाणपत्र थमाइदिएको हो ।

14040151_1068914419868735_8511287960275296734_n

केशब भट्टराईको निर्माणमा बनेको फिल्मलाई निर्मल शर्माले निर्देशन गरेका हुन् । यहि भदौ १७ देखि अलनेपाल प्रदर्शनमा आउन लागेको ‘ब्रासलेट’मा रमेश संगै रजनी केसी, नम्रता सापकोटा, सुगम गुरागाईं लगाएतका कलाकारको अभिनय रहेको छ । फिल्म कोटकी कालिका देवी फिल्मसको ब्यानरमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्