बिग ब्यानरका फिल्मनै नियम विपरित, ‘शकुन्तला’ पनि बिहिबार नै आउने भयो



रंग खबर, काठमाडौँ | आजबाट प्रदर्शनमा आएका दुई फिल्म ‘चपली हाइट २’ र ‘वीर विक्रम’ नियम विपरित बिहिबारनै प्रदर्शनमा आएका हुन् । राजधानीमा शुक्रबार मात्र फिल्म रिलिज हुने परम्परालाई ‘चपली हाइट २’ले तोड्यो र ‘वीर विक्रम’ले पनि त्यसमा साथ दियो | हुनत यो नियम रेखा थापाको ‘काली’ र बलिउड फिल्मले नै पहिला उलंघन गरेका हुन् ।

यधपी पछिल्नो समय रिलिज हुने फिल्मले यो गलत नियमको बाटोमा आफ्नो पनि पाइला चाल्ने अनुमान गर्न सकिन्छ । यो बिहिबार मात्र दुई फिल्म प्रदर्शन हुदा आगामी बिहिबार पनि ‘शकुन्तला’ले आफ्नो सार्वजनिक प्रदर्शनको थालनी गर्ने भएको छ । निर्देशक दिनेश श्रेष्ठले फेसबुकमा स्टाटस राख्दै ‘शकुन्तला’ पुर्व घोषित मिति भन्दा एक दिन अगाडीनै लाग्ने घोषणा गरे । यसरि को भन्दा को कमको भावनाले गर्दा आउने दिनहरुमा अन्य फिल्म बिदाको दिन पारेर जुन बार पनि फिल्म रिलिज नगर्लान भन्न्न सकिन्न ।

shakuntala

यसरी अहिले सम्म हेर्दा चर्चित र नाम चलेका फिल्मले यस्तो हर्कत गरेको प्रष्ट देखिन्छ । काली, चपली हाइट २, वीर विक्रम र शकुन्तला आशा गरिएका फिल्म हुन् । राम्रो ब्यापार गर्छ भनि अड्कल गरिएका फिल्मले पैसाको लोभमा यसरी नियम विपरित कार्य गर्न थालेपछि, अन्य साना बजेटका, साना बजेटका फिल्मले पनि नियम उलंघन नगर्लान भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्