१ बर्षको खोजी पछी फेला परिन रमेशकी ‘ऐश्वर्या’, को हुन् त यी लेडी ?



रंग खबर, काठमाडौँ | करिब एक बर्षको खोजी पछी अभिनेता रमेश उप्रेतीले आफुले निर्माण गर्ने फिल्म ‘ऐश्वर्या’को लागि हिरोइन फेला पारेका छन् । मोडेल दिपिका प्रसाईंलाई रमेशले आफ्नो फिल्ममा डेब्यु गराउना लागेका हुन् । निर्देशक दिवाकर भट्टराइका अनुसार एक बर्ष सम्मको लामो अडिसनमा धनगढीको यी सुन्दरीलाई फिल्मका लागि छनोट गरिएको हो ।

dipikaa prasai

धनगढी अतरियाकी स्थायी घर भएकी दीपिका मोडलिङ्मा सक्रिय छिन्। उनले केही टप ब्रान्डका लागि मोडलिङ् गरेकी छन्। ५.६ इन्च उचाइ भएकी २२ वर्षिया दीपिकाले सामाजिक कार्य विषयमा के एण्ड के कलेजबाट स्नातक गरेकी छन्।

dipika prasai rangakhabar

वैष्णोदेवी फिल्मको ब्यानरमा बनेको फिल्ममा अभिनेताद्धय अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि निर्माता रहनेछन्। फिल्ममा रमेश, दीपिकासँगै प्रशान्त ताम्राकार र केकी अधिकारी मूख्य भुमिकामा देखिनेछन्। भदौ अन्तिम सातादेखि छयांकनमा उत्रिने ‘ऐश्वर्या’को कथा दिवाकर स्वयम्ले लेखेका हुन् । फिल्ममा अर्जुन पोख्रेलको संगीत रहनेछ ।

13323388_893803417396237_8992507973412865008_o

प्रतिक्रिया दिनुहोस्