उमाबेबीको अनटाइटल फिल्ममा भुवन र उमाकी १६ बर्षे छोरीले अभिनय गर्ने



रंग खबर, काठमाडौँ | उमाबेबीको नयाँ अनटाइटल फिल्मको घोषणा भएको छ  । छोरी शिवानी गिरिको जन्मदिनको अवसर पारेर गरिएको एक कार्यक्रमका बीच फिल्मको कलाकारको बारेमा जानकारी दिइयो ।

uma beby1

सबिर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा भुवन केसी, शिवानी गिरि र नम्रता योगीको मुख्य भूमिका रहने छ । फिल्मको बारेमा पूर्ण जानकारी भने केहि दिन पछी एक कार्यक्रम गरेर दिइने बताइयो । यस अनटाईटल प्रोजेक्टमा शिव ढकालको छायांकन, सचिन सिंहको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व समावेश हुने पक्का भईसकेको छ ।

उमाबेबीले आफ्नी १६ बर्षकी छोरी शिवानी गिरिलाई फिल्ममा डेब्यु गराउन लागेकी हुन् । शिवानी ‘मिस भारत वल्र्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्