फेरी नयाँ अवार्ड थपियो | निर्देशक दिनेश डिसीले ‘एलजी फिल्म अवार्ड’ गर्ने



 रंग खबर, काठमाडौँ | नेपालमा बर्षेनी दर्जन जति फिल्म अवार्ड हुन्छन । सानो फिल्म क्षेत्रमा यति धेरै फिल्म अवार्ड हुनुले फिल्मकर्मीलाई हौसला प्रदान गर्ने गर्दछ । तर नेपालमा हुने अवार्ड समारोह प्राय विवादितनै रहन्छन । त्यहि विवादबाट टाढा रहेर निश्पक्ष अवार्ड वितरण गर्ने लक्ष्यका साथ नयाँ नयाँ अवार्ड पनि थपिने गरेका छन् । तर ‘जुन जोगी आएपनि कानै चिरिएका’ भने झैँ कुनै अवार्ड विवादबाट बच्न सकिरहेका छैनन ।

lg award

यस्तै विवादित अवार्डका बीचमा छुटै पहिचान बनाउने ढंग बाट ‘एलजी फिल्म अवार्ड हुने भएको छ | निर्माता निर्देशक दिनेश डिसीले आईतबार आयोजित एक कार्यक्रमका बीच ‘एलजी फिल्म अवार्ड’ घोषणा गरे । तर नेपालमा हुँदै आएका अवार्ड समारोहभन्दा केहि फरक यो अवार्ड रहने पक्का भएको छ । अन्य अवार्डमा समेटिने भन्दा केहि फरक विधालाई समेट्दै डिसीले अवार्ड घोषणा गरे । सिनेमा सर्कल नेपाल र दि दिनेश डिसी प्रोडक्शनको संयुक्त आयोजनामा अवार्ड सम्पन्न हुनेछ ।

lg cine award

 पर्दा पछाडीका अनुहारहरुलाई अगाडी ल्याउने उद्देश्यसहित केहि नयाँ प्रयोगका साथ फिल्म अवार्ड घोषणा गरेको डिसीको भनाई छ । राम्रो काम गरेर पनि  पुरस्कार, सम्मान तथा प्रोत्साहन नपाएका स्टन्टम्यान, पोस्टर डिजानर, ट्रेलर मेकर लगायतका २२ विधामा अवार्ड प्रदान हुने कार्यक्रममा जानकारी गराईयो । भदौ २२ मा हुने अवार्ड  समारोहमा वलिउड अभिनेता तथा एमएलए शत्रुघन सिन्हा विशेष अतिथिको रुपमा सहभागि हुने बताईएको छ । सिन्हाले नेपालको पर्यटन प्रवर्द्धनको लागि पनि सहयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्