मलेसिया, कतार र हङकङ पछी नवौ नेफ्टा अवार्ड पुस ८ गते दुबईमा हुने



रंग खबर, काठमाडौँ | नवौ नेफ्टा अवार्ड पुस ८ गते अर्थात (डिसेम्बर २३)मा दुबईमा हुने भएको छ । युएईको दुवईमा आयोजित पत्रकार सम्मेलन गरेर नवौ संस्करणको अवार्डको मिति र स्थान घोषणा गरियो ।

nefta-in

चलचित्र प्राबिधिक संघ आयोजना गर्ने अवार्डको तयारी तिब्र रुपमा अगाडी बढेको अध्यक्ष पुस्कर लामाले बताए । अवार्डमा फिल्म दर्ताको लागि दर्ता कार्य पनि सुरु भैसकेको बताइएको छ । युएईको लागि सालिक सुबेदी र राजन अधिकारीले समन्वय गर्ने भएका छन् । अवार्डमा युएईको एडभरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्ट र कन्सेप्ट भिजुअल फिल्म प्रोडक्सनले सहकार्य गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्