नवौं नेफ्टा अवार्ड आयोजना मिति घोषणा | यसपाली दुवईमा हुनेछ समारोह



रंग खबर, काठमाडौँ | नवौं नेफ्टा अवार्डको आयोजना मिति घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच नवौं संस्करणको मिति पुस ८ (डिसेम्बर २३) लाई सार्वजनिक गरियो । पछिल्ना केहि संस्करण विदेशमा सम्पन्न गरेको नेफ्टाले नवौं संस्करणको लागि दुवई तय गरेको छ ।

IMG_0835

गत संस्करणहरुमा ३४ विधामा दिइदै आएको नेफ्टा अवार्डले केहि विधालाई हटाएर २८ विधामा झारेको छ । कार्यक्रममा निर्देशक समाजका चुनावमा विजयी नयाँ कार्यसमितिका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।

IMG_0885

कार्यक्रममा अवार्डका बिषयमा बोर्ड अधय्क्ष राजकुमार राई, बरिष्ठ कलाकार बसुन्धरा भुसाल, निर शाह लगाएतका अतिथिले बोलेका थिए । नेफ्टा वर्तमान अधय्क्ष पुस्कर लामाले विदेशमा नेपाली फिल्मको स्तरउन्नतिको लागि नेफ्टा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्