एलजी फिल्म अवार्डमा दयाहाङ र नम्रता उत्कृष्ट (पूर्ण तालिका र फोटो फिचर)



रंग खबर, काठमाडौँ | एलजी फिल्म अवार्डको पहिलो संस्करण राजधानी स्थित आर्मी अफिसर्स क्लवमा सम्पन्न भएको छ । एलजी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड दयाहाङ राईले ‘कबड्डी कबड्डी’बाट उचाले भने उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘क्लासिक’बाट नम्रता श्रेष्ठले पाइन् । नम्रताको यो सालको यो चौंथो अवार्ड हो ।

LG film award rangakhabar.com

त्यस्तै पपुलर हिरोको अवार्ड अनमोल केसीले पाउदा रेखा थापाले पपुलर हिरोइनको अवार्ड हात पारिन । उत्कृष्ट निर्देशकको अवार्ड ‘पशुपति प्रसाद’बाट दिपेन्द्र के खनालले पाउदा बर्षकै उत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’ घोषित भयो । अभिनेत्री करिश्मा मानन्धरलाई ‘डिकेड अफ द् इयर’ बाट सम्मानित गरिएको थियो ।

LG film award rangakhabar.com

प्रमुख अतिथि सत्रुघन सिन्हा रहेको समारोहमा सत्रुघन र उपराष्टपति नन्दबहादुर पुनले उद्धवराज भटटराईलाई रु.५१ हजारको चेक सहित लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मान गरे। अवार्डमा आफ्नो वायोपिक पुस्तक विमोचन गर्दै सत्रुघनले नेपाल र नेपालीको बारेमा प्रसंसा गरेका थिए । कार्यक्रममा सुष्मा कार्की, शिव श्रेष्ठ, रुवी राणा, सम्पदा वानियाँ लगाएतका कलाकारले प्रस्तुति दिएका थिए ।

IMG_1273

हेर्नुस अवार्ड विजेताको नामावली:-

उत्कृष्ट पोस्टरः वडा नम्बर ६ (सुन्दर श्रेष्ठ)

उत्कृष्ट ट्रेलरः भैरव (साहिल खान)

उत्कृष्ट स्टण्टः भैरव (सिम्पसन तामाङ

उत्कृष्ट कपल अफ दि ईयरः प्रेमगीत, ( प्रदिप खड्का, पूजा शर्मा)

उत्कृष्ट भिएफएक्सः च्याम्पियन (अक्की शर्मा, सत्यम राना)

उत्कृष्ट कलरिष्टः क्लासिक, अनन्त घिमिरे

उत्कृष्ट पपुलर गीतः सुर्के थैली (वडा नम्बर ६)

उत्कृष्ट व्याकग्राउण्ड स्कोररः एलिस कार्की (प्रेमगीत)

उत्कृष्ट एक्शन निर्देशकः हिमाल केसी (भैरव)

उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (क्लासिक)
उत्कृष्ट स्कृनप्लेः पशुपतिप्रसाद, खगेन्द्र लामिछाने
उत्कृष्ट कोरियोग्राफीः रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट म्युजिक डाईरेक्टरः अर्जुन पोखरेल (प्रेमगीत)
उत्कृष्ट अभिनेताः दयाहाङ राई
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ
उत्कृष्ट फिल्मः पशुपतिप्रसाद
उत्कृष्ट निर्देशकः दिपेन्द्र के खनाल( पशुपतिप्रसाद)
LG award Rangakhabar.com
LG award rangakhbar.com
LG award rangakhabar.com
IMG_1181
LG film award Rangakhabar.com
LG film award rangakhabar.com
rangakhabar.com LG film award
LG award Rangakhabar.com
LG award sushma rangakhabar.com

प्रतिक्रिया दिनुहोस्