‘मसान’ स्क्रिनिङसँगै सकियो नेपाल-अफ्रिका फिल्म फेस्टिवल (फोटो फिचर)



रंग खबर, काठमाडौँ | पाँचौं नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ शुक्रबार सकिएको छ । नीर शाह निर्देशित फिल्म ‘मसान’ स्क्रिनिङसँगै तीनदिने फेस्टिवलको समापन गरिएको हो । फेस्टिवलको गएको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । कार्यक्रमको समापन समारोहमा अभिनेता राजेश हमाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए |

_76A8983
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन ‘सीजेएमसी’द्वारा आयोजित फेस्टिवलमा यसपटक नेपाललगायत विभिन्न नौ अफ्रिकी मुलुकका फिल्म स्क्रिनिङ गरिएको थियो । फेस्टिवलको अन्तिम दिन शुक्रबार ‘मसान’का अलावा इजिप्टको शाद हेन्डाई निर्देशित चलचित्र ‘डोआ अजिया’ र अल्जेरियाको यमिन बचिर निर्देशित ‘रचिड’ स्क्रिनिङ गरिएको थियो ।

_76A8980

 

कार्यक्रममा सहभागी हुन नर्वेस्थित ओस्लो युनिभर्सिटीकी प्रोफेशर क्रिस्टिना, युगाण्डा हाई कमिसनका प्रथम सचिव ज्य्राक मुटुङ्गी, तान्जिनियाका फिल्म निर्देशक मार्टिन महान्दुलगायत एक दर्जनभन्दा बढी फिल्मकर्मी काठमाडौमा आएका हुन् ।

_76A8985

तीनदिने फेस्टिवलमा गिनिया बिसाउको ‘ब्याटल अफ टोबाटो’, बुर्किना फासोको ‘तसुना’, साउथ अफ्रिकाको ‘फुल्स’ र डेनमार्कको ‘मिनियाम्बा’ इजिप्टको ‘डोया अजिजा’ र अल्जेरियाको ‘रचिडा’ स्क्रिनिङ गरिएको थियो ।

_76A8971

 

_76A8969

प्रतिक्रिया दिनुहोस्