दशैंमा ‘किस्मत २’ संग भिड्न तयार जीवनको ‘सुब्बा साब’



रंग खबर, काठमाडौँ । केहि दिन अघि मात्र असोज २१ को रिलिज डेट चर्चामा थियो । कारण निखिल उप्रेती स्टारर  ‘किङ’ पुर्व निर्धारित रिलिज डेटबाट पछाडी हट्नु । ‘किङ’ पछाडी हटेपछि ‘किस्मत २’लाई भाग्य चिट्टा परेको भनियो । किनकी निखिल उप्रेतीको बिग बजेटमा निर्माण गरिएको भनेको ‘किङ’ रिलिज डेट पोस्टपोंड़ हुदा ‘किस्मत २’को लागि एकल रिलिजमा केहि सहज हुने थियो ।

subba-sap

उसो त छवी ओझाका निर्माण फिल्म बक्स अफिसमा नामैले बिक्ने हुनाले पनि बिग बजेटको ‘किङ’लाई हम्मे पर्न सक्थ्यो । त्यसैले ‘किङ’ पछी हटेकै राम्रो हुन्थ्यो । तर दशैंको यो बिदा अब ‘किस्मत २’का लागि मात्र भनिरहेका बेला यो फिल्मसंग भिड्न जीवन लुइँटेल स्टारर ‘सुब्बा साब’ प्रदर्शनमा आउने भएको छ ।

 राजु अधिकारी निर्देशित फिल्म ‘सुब्बा साब’मा जीवन संगै सरोज खनाल, गौरी मल्ल, वर्षा सिवाकोटी, जान्वी बस्नेत, महिमा सिलवाल लगाएतका कलाकारको अभिनय रहेको छ । जीवन अर्याल र रामबहादुर कोइरीले निर्माण गरेको फिल्मलाई  निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्रसेवासँगै सन्तानप्रतिको माया र दायित्वको कथा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्