‘लाल्टिन’ पोस्टर, टिजर संगै अडियो पनि रिलिज (हेर्नुस तस्बिर)



रंग खबर, काठमाडौँ । चैत १८ लाई रिलिज मिति तय गरिएको ‘लाल्टिन’को फस्ट लुक पोस्टर र टिजर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको अडियो लन्च पनि गरियो ।

laaltin nepali movie

भिन्न ढंगबाट सुरु गरिएको कार्यक्रममा अध्यारो हल भित्र फिल्मको युनिट लाल्टिन बालेर देखा पर्यो । कार्यक्रममा फिल्मकी मुख्य हिरोइन प्रियंका कार्की उपस्थित रहेपनि मुख्य हिरो दयाहाङ राई अनुपस्थित रहे ।

laltin presmeet

देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा हरि लामाको छायांकन, अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन, विनोद ढकाल, किरण माइकल र डीजराज पौडेलको संगीत छ ।

laltin presmeet 3

भानु प्रतापको प्रस्तुति रहेको ‘लाल्टिन’मा रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, दिकेश र भानुप्रतापले कोरियोग्राफी गरेका छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ, रामकेशर बोगटी, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ ।

laltin presmeet 4

 

 Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्