छुट्टीको बेलामा कसैले फोन गरेर बोल्न खोज्दा नराम्रो लाग्छ: दयाहाङ राई (हेर्नूस भिडियो)



रंग खबर, काठमाडौँ । अभिनेता दयाहाङ राई अहिलेका लोकप्रिय र व्यस्त कलाकार हुन् । अभिनयका कारण दर्शकको मन जित्न सफल दयाहाङलाई ‘आफुले छुट्टी मनाइरहेका बेला कसैले फोन गरेर कुरा गर्न चाहदा नराम्रो लाग्ने बताएका छन् ।’

dayahang rai

दयाहाङ भन्छन ‘ छुट्टी भनेको दिमागी र शारीरिक रुपमा फ्रेस हुनलाई हो । त्यो समयमा म सबै तिरबाट टाढा रहनु चाहन्छु, २-३ हप्ताको छुट्टीको समयमा कतिले फोन गर्न खोज्नु हुन्छ, बोल्न चाहनु हुन्छ, त्यतिबेला भने अलि नरमाइलो लाग्ने गर्दछ । किनकि त्यो समय म कामबाट बिल्कुलै टाढा रहन खोजेको हुन्छु ।’

रंग खबरसंगको जम्काभेटमा दयाले प्रियंका कार्कीको काम प्रतिको लगनसिलताको तारिफ गर्न पनि भ्याए । ‘प्रियंका जतिबेला पनि आफुलाई व्यस्त बनाउन चाहन्छिन तर म चाहिँ त्यस्तो गर्न सक्दिन, मलाई चाहिँ छुट्टीको पनि आवश्यक पर्दछ ।’

अरु के के भन्छन त दया हेर्नुस यो भिडियो:-

प्रतिक्रिया दिनुहोस्