‘जात्रा’मा ‘भष्मे डन’को प्रमुख भुमिका (यस्तो छ ट्रेलर)



रंग खबर, काठमाण्डौं । फिल्म ‘पशुपतिप्रसाद’मा ‘भष्मे डन’को भुमिका निर्वाह गरेर चौतर्फी तारिफ कमाएका अभिनेता विपिन कार्की पहिलोपल्ट पर्दामा प्रमुख भुमिकामा देखिँदै छन् । उनको लिड रोल रहेको फिल्म ‘जात्रा’ हो जसको ट्रेलर अहिले दर्शकले रुचाइरहेका छन् ।

दसैंको समयमा निर्माण समूहले सामाजिक सञ्जाल युट्युबमार्फत् ट्रेलर सार्वजनिक गरेको थियोे । करिब तीन मिनेट लामो ट्रेलरले फिल्म पैसाको पछि लाग्ने तीन युवाको कथा रहेको छनक दिन्छ ।
nepali movie jatraआर्थिक अभाव झेल्दै राजधानीको असनमा सानोतिनो व्यापार गरिरहेका तीन युवाले एक्कासी ठूलो रकम भेट्टाएपछि उत्पन्न परिस्थिति फिल्मको मुख्य विषय रहेको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले बताए । फिल्ममा बानियाँ, विपिन र रविन्द्र झाले तीन फरक पेसा अँगालेका युवाको भूमिका निर्वाह गरेका छन् ।
फिल्म प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । महसञ्चारमा लामो समय सहायक निर्देशकको अनुभव सँगालेका प्रदिपको यो डेब्यु फिल्म हो । फिल्मको पटकथा समेत प्रदिप आफैंले लेखेका हुन् । फिल्ममा प्रकाश घिमिरे, वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रवीण खतिवडा समेत महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

षट्कोण पिक्चर्सको ब्यानर अन्तर्गत निर्मित फिल्ममा सिंगे लामा र यादव पौडेलको पनि लगानी रहेको छ । सुरुमा कात्तिक १९ गते प्रदर्शन मिति घोषणा गरेको फिल्म निर्माणले प्रदर्शन मिति एक साता पछि सारेर २६ गते पु¥याएको छ । अहिलेसम्म ठूलो बजेटका कुनै नेपाली फिल्मको प्रदर्शन मिति २६ गते घोषणा नभएकाले फिल्म निर्माणले मल्टिप्लेक्ससँगै सिंगल थिएटरमा पनि राम्रो शो पाउने सम्भावना रहेको छ ।
हेर्नुस ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्