प्रतिस्पर्धामा ‘जंग बहादुरको कोट’ र ‘जात्रा’



रंग खबर, काठमाडौँ | यो साता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । प्रदिप भट्टराई निर्देशित ‘जात्रा’ र आशिष भेटवाल निर्देशित ‘जंग बहादुरको कोट’ यो साताका फ्रेस प्रतिस्पर्धी हुन् । यी दुई फिल्मसंगै बलिउडको ‘रकअन २’ पनि प्रदर्शनमा आएको छ ।

15056403_10209156098797123_98916661052577616_n

जात्रा: बिपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा र वर्षा राउत अभिनित फिल्मले बुधबार गरिएको प्रिमिएरमा सुखद प्रतिक्रिया पाएको थियो । रविन्द्रसिंह बानियाको लगानीमा निर्मित फिल्मले पैसाको पछी कुद्ने तिन ब्यापारीको कथा प्रस्तुत गरेको छ । यो सोसल ड्रामालाई निर्देशक प्रदिप भट्टराईले लेखेका हुन् । प्रदर्शन पुर्व फिल्मले बनाएको एक किसिमको हाइपले गर्दा ‘जात्रा’ले आशा देखाएको छ ।

जंग बहादुरको कोट: अनुप बराल, बिमलेश अधिकारी, आलोक कार्की, विश्व बस्नेत, सुचित्रा आचार्य, बिपुल ज्ञवाली लगाएतका कलाकारको अभिनय रहेको फिल्मले राणाकालिन प्रधानमन्त्री ‘जंगबहादुरको कोट’को कथालाई पेश गरेको निर्माण पक्षले दाबि गरेको छ । बिदुर पाण्डे र पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्म अस्ट्रेलिया र नेपालमा खिचिएको हो | फिल्ममा योगेन्द्र खड्काको कथा रहेको छ ।

रकअन २: २००८ मा रिलिज भएको ‘रकअन’को सिक्वेलमा फरहान अख्तर, श्रद्धा कपूर, अर्जुन रामपाल अभिनित फिल्मलाई शुजत सौदागरले निर्देशन गरेका हुन् । यस म्युजिकल ड्रामाले राम्रो ब्यापार गर्ने बलिउडले आश गरेको छ ।

rock-on-2-movie-3

प्रतिक्रिया दिनुहोस्